वीरगञ्‍ज बसपार्ककाे होटेलभित्र एक व्‍यक्ति मृत फेला

वीरगञ्जको बसपार्कमा एक व्‍यक्ति मृत अवस्थामा फेला परेका छन्।

वीरगञ्ज महानगरपालिका वडा १६ बसपार्क स्थित रहेको चौधरी होटल एण्ड लजमा काठमाडौं बस्ने ४५ वर्षिय जिवन लामा मृत अवस्थामा फेला परेका हुन।

बसपार्कमा रहेको चौधरी होटल एण्ड लजको ११२ नम्बर कोठामा बसेका लामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्सा जनाएको छ।

प्रहरी टोलीले शव बरामद गरि पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-02 08:30:34

प्रतिकृया दिनुहोस्