थाहै नदिई ट्रंकलाइन जोडेर उद्योगमाथि डेडिकेटेडको डण्डा !

विद्युत प्राधिकरण भन्छ- बक्यौता उठाउने अभियान यथावत छ

रवीन्द्र घिमिरे

चन्द्रमान श्रेष्ठ ‘भलवारी स्वचालित चामल कारखाना’ का मालिक हुन् । २०६१ सालदेखि उनले उद्योग चलाइरहेका छन् । पछिल्लो डेढ महिनायता उनी तनावमा छन् । चलिरहेको उद्योग एक्कासी बन्द गर्नुपर्ने अवस्था आएको छ श्रेष्ठलाई ।

कारण हो- विद्युत प्राधिकरणको मुटु चस्काउने ‘बिल’ ।

श्रेष्ठले गत पुससम्म आफ्नो उद्योगले खपत गरेको विजुलीको बिल महिनैपिच्छे तिर्दै आएका थिए । तोकिएको समयभन्दा अगावै भुक्तानी गरेर प्राधिकरणबाट पाइने २ प्रतिशत छुट पनि लिइरहेका थिए । तर माघमा प्राधिकरणबाट झड्का दिने गरी बिल आयो ।

नियमित तिर्दै आएभन्दा ६६.६७ प्रतिशतबढी मूल्य राखेर बिल आएपछि श्रेष्ठ गल्ती भएको होला भनेर बुझ्न प्राधिकरणको वितरण केन्द्रमा पुगे । त्यहाँ पुग्दा थाहा भयो कि उनको उद्योगलाई प्राधिकरणले ट्रंक लाइनमा समावेश गरेको रहेछ । ट्रंकलाइनमा परेको भन्दै उनलाई माघबाट डेडिकेटेड लाइन लिने उद्योगसरह नै बिल पठाउन सुरु गरिएको रहेछ ।

नियम अनुसार ट्रकंलाइनमा रहेका उद्योगले लोडसेडिङ नमाने वा दैनिक २० घण्टाभन्दा बढी बिजुली प्रयोग गरे डेडिकेटेडसरह नै महशुल तिर्नुपर्छ ।

प्रकाशित मिति: : 2020-03-03 12:01:45

प्रतिकृया दिनुहोस्