देशका लागि गोल गर्न बाँकी नै छ

लिखितमा फेल हुँदा इन्डियन लाहुरे बन्न सकिनँ

 फुटबल नै हो मेरो कथा । तर सुनाउन लायक कथा अझै बनिसकेको छैन । भर्खर दुई सिजन लिग खेलेँ । राष्ट्रिय टिमबाट एक खेल खेलेँ । फेरि राष्ट्रिय टिमको क्याम्पमा परेको छु । अझ मिहिनेत गर्नुछ ।

तर भर्खरै सकिएको शहीद स्मारक ए डिभिजन लिगले मलाई चर्चा दिलायो । सर्वाधिक गोलकर्ता बनेँ, सबैले थाहा पाए । रंगशालामा नजिकै हुर्किएँ, पढेँ । स्कुल सकिनेबितिकै ठूला खेलाडीहरुसँग संगत भयो । विभिन्न क्लबहरु चहारेँ । सीदेखि ए डिभिजन लिग खेलेँ, त्यो पनि फरक-फरक क्लबबाट । अहिले सशस्त्र प्रहरी एपीएफमा जागिर खाँदै फुटबल खेलिरहेको छु । कुनै दिन लाहुरे बन्न भारत पनि गएको थिएँ, तर लिखितमा नाम ननिस्किएपछि त्यो रहर पूरा भएन ।

एपीएफसम्म कसरी पुगेँ भन्ने रमाइलो कहानी त छँदैछ, तर शुरुमा यही ए डिभिजन लिगको बारेमा सुनाउँछु ।

प्रकाशित मिति: : 2020-03-06 06:17:59

प्रतिकृया दिनुहोस्