कोरोना भाइरसको त्रासमा आईफा अवार्ड स्थगित

एजेन्सी

नयाँ दिल्ली

कोरोना भायरसका कारण मध्य प्रदेशको इन्दौर र भोपालमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कार (आईफा अवार्ड्स) स्थगित भएको छ।

यसअघि मार्चको १९ देखि २१ सम्म हुने आईफा अवार्ड अनिश्चित कालसम्म स्थगित भएको छ।

आईफा अवार्ड भारतीय सिने जगतकै सर्वाधिक प्रतिष्ठित समारोह हो।

बलिउडका चर्चित कलाकारहरू सहभागी हुने कार्यक्रम पछिल्लो २० वर्षमा विश्वका विभिन्न देशमा भएको थियो।

सलमान खान र रितेश देशमुखले होस्ट गर्न लागेको यो पटकको अवार्ड दोस्रो पटक भारतमा हुन लागेको थियो।

आईफा अवार्ड्समा यो पटक शाहरूख खान, ऋतिक रोशन, जैकलीन फर्नाडीस, करीना कपूर, क्याटरीना कैफ, कार्तिक आर्यन जस्ता कलाकारले आफ्नो प्रस्तुति दिने कार्यक्रम थियो।

पहिलो दिनको आयोजना भोपालमा आईफ़ा स्टोर्मको नामबाट हुन लागेको थियो। दोस्रो तथा तेस्रो दिनको कार्यक्रम इन्दौरमा हुने तय थियो।

दोस्रो दिन संगीत र तेस्रो दिन अलग-अलग विधामा अवार्ड दिने कार्यक्रम तय भएको थियो।

प्रकाशित मिति: : 2020-03-07 02:54:44

प्रतिकृया दिनुहोस्