चीनमा कोरोना संक्रमित राखिएको क्वारेन्टाइन भवन भत्किँदा ४ को ज्यान गयाे, १८ अझै बेपत्त्ता

एजेन्सी

काठमाडाै‌ं

चीनमा कोरोना अर्थात कोभिड–१९ भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको ज्यान गएको छ। क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो।

चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको हो। 

चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, फुजियानको दक्षिणी प्रान्तमा अवस्थित भत्किएको होटलमा ७० जना फसेका थिए। तीमध्ये ४७ को उद्धार गरिएको छ। अझै भग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ।

सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन।

हेबेई प्रान्तको वुहान उद्गम भएर फैलिएको कोरोना भाइरसबाट चीन सबैभन्दा प्रभावित छ। आइतबार बिहानसम्ममा यहाँका ३ हजार ७० मानिसको कोरोनाका कारण ज्यान गइसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। 

विश्वभर १ लाख नाघ्दा चीनमा मात्रै ८० हजार ६ सय ५१ जना मानिसमा यसको लक्षण देखापरेको छ। यद्यपि, ५६ हजार ९ सय ३ जना संक्रमित भने स्वास्थ्य लाभ गरेर घर फर्केको सार्वजनिक तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-03-09 00:52:54

प्रतिकृया दिनुहोस्