साबिक विजेता युभेन्ट्स इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति दर्शकबिना भएको खेलमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै युभेन्ट्स पुनः शीर्षस्थानमा पुगेको हो।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले १० खेलाडीमा सीमित भएको इन्टर मिलानसँग युभेन्ट्स पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो।
युभेन्ट्स लागि ५४ औँ मिनेटमा आरोन रामसी तथा ६७ औँ मिनेटमा पाउलो डिबालाले गोल गरे। ७९ औँ मिनेटमा पाडेलीले सीधै रातो कार्ड पाएपछि इन्टर मिलान १० खेलाडीमा सीमित भएको थियो।
जितपछि इन्टर मिलानको २६ खेलबाट ६३ अंक भएको छ। दोस्रो स्थानमा झरेको लाजिओको समान २६ खेलबाट ६२ अंक छ।
आइतबार राति भएका अरु खेलमा जेनोआले एसी मिलानलाई २–१, एसपिएएलले पार्मालाई १–० तथा साम्पडोरियाले हेल्स भेरोनालाई २–१ ले पराजित गरेको छ। यस्तै फियोरेन्टिना र युडिनेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।