कलियुगका द्रोणाचार्य, जो विद्यार्थीका हात चिर्छन् !

किन दिइन्छ विद्यार्थीलाई यातना ? के भन्छन् शिक्षाविद् ?

२७ फागुन, काठमाडौं । परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक नल्याएको निहुँमा कक्षा ६ र ७ सातका ३४ बालबालिकाका हात ब्लेडले चिर्न लगाएकी शिक्षिकालाई गत शनिबार प्रहरीले नियन्त्रणमा लियो । काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य विरुद्ध किटानी जाहेरी भने परेको छैन ।

पीडितले जाहेरी नदिँदा मुद्दा कसरी अगाडि बढाउने भन्ने अन्योल भएको प्रहरीको भनाइ छ । सामाजिक शिक्षा पढाउने कर्माचार्यले २० पूर्णाङ्कको परीक्षामा १५ अंकभन्दा कम ल्याउने विद्यार्थीको हात ब्लेडले चिराचिरा पार्न लगाएकी थिइन् । ‘जागृति एकेडेमीमा जे भयो, त्यो सभ्य समाजले कल्पनै गर्न नसक्ने अपराध हो’ मनोविद् शिशिर सुब्बा भन्छन्, ‘मानसिक रूपमा सामान्य अवस्थाको व्यक्ति बालबालिकामाथि यति क्रुर हुनै सक्दैन ।’

प्रकाशित मिति: : 2020-03-10 23:13:02

प्रतिकृया दिनुहोस्