कोरोना: इरानमा एकै दिन ५४ को मृत्यु

एजेन्सी

काठमाडौं

इरानमा कोरोना भाइरस अर्थात कोभिड–१९को सङ्क्रमणबाट २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ। 

पछिल्लो मृत्युसँगै इरानमा कोरोना ससङ्क्रमणबाट ज्यान गुमाउनेहरूको संख्या २९१ जना पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरलेका अनुसार सङ्क्रमित व्यक्तिहरुको संख्या निरन्तर बढेको छ। पछिल्लो पटक ८८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए। इरानमा अब सङ्क्रमित व्यक्तिको कूल संख्या ८ हजार ४२ पुगेको छ।

दुई हजार ७३१ जना भने निको भएर घर फर्केको जोहानपोरले बताए। राजधानी तेहरानमा दुई हजार ११४ जना सङ्क्रमित भएका छन्।

क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८८६ जना तथा क्वोममा ७५१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।
 

प्रकाशित मिति: : 2020-03-11 19:42:11

प्रतिकृया दिनुहोस्