बी डिभिजन लिग: सातदोबाटो शीर्ष स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र सातदोबाटो फुटबल क्लबले जित हात पारेका छन्।

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सातदोबाटोले ब्वाईज युनियन क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो। दोस्रो खेलमा आरसीटीले मध्यपुर युथ एसोसियनविरुद्ध ३–० को सहज जित निकाल्यो।

दिनेश राईले पहिलो हाफको १४ मिनेटमा गरको गोलनै सातदोबाटोको लागि निर्णयक गोल बन्यो। यो जितसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ।

दोस्रो खेलमा अजित गुरुङको ह्याट्रिकसँगै आरसीटी मध्यपुरविरुद्ध सहज जित निकालेको छ।

अजितले खेलको सातौ, ४९ औँ, र ९० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

जितसँगै सातदोबाटो ५ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। पहिलो जित निकालेको आरसीटी भने ५ अंक सहित सातौं स्थानमा रह्यो।

यता, दोस्रो हार ब्यहोरेको ब्वाईज युनियन ५ खेलबाट ७ अंक सहित तालिकाको पाचौं स्थानमा र चौथो हार ब्यहोरेको मध्यपुर १ अंक सहित तालिकाको पुछारबाट दोस्रोमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-03-14 07:52:42

प्रतिकृया दिनुहोस्