प्रधानमन्त्री ओलीले अटेर गरे : चिकित्सक

ईच्छाशक्तिका साथ सहभागी हुनुभएको हो : सल्लाहकार

अनलाइनखबर

काठमाडौं
भिडियो कन्फरेन्समा संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय ।

मिर्गाैलाको दोस्रो प्रत्यारोपण सफल गरेर ११ दिनपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज हुदैँ गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संग्लग्न चिकित्सकहरुले प्रष्ट भनेका थिए, ‘अबको ३ महिना संक्रमणको उच्च जोखिम हुन्छ, भेटघाट र कार्यक्रममा सहभागी हुन पूर्णरुपमा बन्देज लगाउनुपर्छ ।’

तर, डिस्चार्ज भएको एक घण्टा नबित्दै प्रधानमन्त्री ओली भेटघाटमा जुटे । उनले आफन्तका साथै निजी सचिवालयका सदस्यहरूसँग भेट गरे ।

प्रकाशित मिति: : 2020-03-16 19:58:49

प्रतिकृया दिनुहोस्