उपभोक्तालाई ग्यास पाउन हम्मे, मन्त्रीले ढाँटे कि व्यापारीले लुकाए ?

अनलाइनखबर

काठमाडाै‌ं

बजारमा ग्यास लिनेको लाइन लागेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भनेका थिए, ‘ग्यास, चामलको जिम्मा मेरो भयो । लाइनमा नबसिदिनुस्, बढी भण्डारण नगर्दिनुस् ।’

आपूर्तिमन्त्री भट्टले ग्यासको अभाव नभएको, भविष्यमा पनि नहुने भन्दै भण्डारण नगर्न आग्रह गरेका थिए । तर मन्त्रीको भनाइ पत्याएर लाइनमा बस्न नगएका उपभोक्ताले दुःख पाइरहेका छन् ।

बजारमा ग्यास पाइन छाडेको छ । उपभोक्ताले भारतीय नाकाबन्दीकै समयमा जस्तो सास्ती भोग्नुपर्ने अवस्था आएपछि मन्त्रीले ढाँटे कि उद्योगी–व्यवसायीले छलेका हुन् भन्ने प्रश्न जन्मिएको छ ।

उपभोक्तालाई हैरान

कुलेश्वरका रामप्रसाद तिवारीले साई बाबा वा श्री कम्पनीको ग्यासका लागि नजिकैको डिपोमा नाम लेखाएको पाँच दिन भयो, तर ग्यास पाएका छैनन् । ‘पालो आएपछि फोन गरौंला भन्दै फर्काउँछन्’ तिवारी भन्छन्, ‘सरकारले सजिलै ग्यास दिन्छु भनेको त कालोबजारीया पोस्न पो रहेछ !’

अहिले भट्टले हाँकिरहेको मन्त्रालय अन्तर्गतको उपभोक्ता संरक्षण विभागमा दैनिक कम्तीमा चार सय कल आउँछ । त्यसमध्ये ९० प्रतिशत तिवारी जस्तै ‘ग्यास पाइएन’ भन्ने गुनासो हुन्छ ।

प्रकाशित मिति: : 2020-03-17 21:26:58

प्रतिकृया दिनुहोस्