पछ्यौरी फेर्दा चासो हुन्छ, हचुवामा भ्रष्टाचार बढ्यो भन्ने ?

राजनीतिक दलका शीषर्त नेताहरु आम सार्वसाधारणले भन्ने गरेका छन्, स्थानीय तहमा भ्रष्टाचार भन्ने जनगुनासो छ । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशतले स्थानीय तहमा भ्रष्टाचार बढेको मत राखे ।

तर स्थानीय तहमा भ्रष्टाचार बढेको कुरा उठाउँदा बुधबार पोखरामा जनप्रतिनिधि आक्रोशित मात्रै बनेनन् र भ्रष्टाचार सावित गरेर देखाउन चेतावनी दिए । उनीहरुले हल्ला र सुनेका भरमा स्थानीय तहका जनप्रतिनिधिमाथि आक्षेप लगाउने गरिएको भन्दै पदबाटै राजीनामा दिने चेतावनी दिएका छन् ।

गण्डकी प्रदेश विकास परिषदको बैठकमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले स्थानीय तहमा भ्रष्टाचार बढेको विषय उठाएका थिए । स्थानीय तहमा भ्रष्टाचार बढेको जनगुनासो आएको भन्दै उनले अनुगमन र मूल्यांकनको पाटो प्रभावकारी बनाउन अनुरोध गरेका थिए ।

‘स्थानीय तहमा असाध्यै धेरै भ्रष्टाचार भएको जनगुनासो देशभर फैलिएको छ । कुनै गाउँपालिका र नगरपालिकाको भन्दा पनि समग्र स्थानीय तहमा भ्रष्टाचार भएको कुरा आइराखेको छ,’ कुलपति गुरुङले विकास परिषदको बैठकमा सुझाव दिँदै भने, ‘अनुगमन र मूल्यांकनको संयन्त्र बलियो बनाउनुपर्‍यो ।’

तर स्थानीय तहका प्रमुखले त्यसमा आपत्ति जनाए । विद्वानहरुले हचुवाको भरमा स्थानीय जनप्रतिनिधिमाथि भ्रष्टाचारको आरोप लगाउने काम गरेको भन्दै उनीहरुले एक हप्ता स्थानीय तहमै गएर अध्ययन गर्न चुनौती दिएका छन् ।

प्रकाशित मिति: : 2020-03-18 11:31:01

प्रतिकृया दिनुहोस्