एसईई परीक्षा स्थगित

माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ ।

कोरोना अर्थात कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

शिक्षा मन्त्री गिरीराजमणी पोखरेल पनि उक्त कुरा पुष्टि गरेका छन्। ‘भर्खरै उपप्रधानमन्त्री ज्यूले पनि फोन गर्नू भएको थियो। उहाँले प्रधानमन्त्री ज्यू (केपी शर्मा ओली)सँग छलफल पछि परीक्षा स्थगित गर्ने निर्णय गर्नूभएकाे छ। हामी यसबारे केहीबेरमा बिज्ञप्ती निकाल्दै छाै‌ं,’ उनले बिएल नेपाली सेवासँग भने। 

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

यसअघि बैठकले सबै पठनपाठन बन्द गर्ने निर्णय गरेपनि एसईई परीक्षा भने नरोक्ने निर्णय गरेको थियोर बैठकले परीक्षा केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको थियो।

समितिले परीक्षालाई व्यवस्थित बनाउनका लागि सबै केन्द्रहरूमा हेल्थ डेस्क स्थापना गराउन निर्देशन समेत दिएको थियो।

प्रकाशित मिति: : 2020-03-19 07:10:38

प्रतिकृया दिनुहोस्