वार्षिक उत्सवमा प्रगतिशिल महिला कृषक समूहले गर्‍याे रक्तदान

प्रगतिशिल महिला कृषक समूहले छैंठौ वार्षिक उत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ।

लक्ष्मी नारायण पार्टी पैलेसमा आयोजना गरिएको कार्यक्रममा २९ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथिको रुपममा रहेका वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले च्याउ खेतिबाट गृहणी महिलाले गरेको कार्य सराहनीय रहेको बताए।  उनले समूहलाई आउँदो दिनमा स्वास्थको क्षेत्रमाआमा सुरक्षा सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्नसमेत अनुरोध गरे। 

‘मातृ तथा शिशुको सहि आहारको बारेमा अझै समाजका महिलाहरु सचेत भएको छैन,’ मेयर सरावगीले भने,‘ आशा छ यो समूहले अब यो क्षेत्रमा पनि काम गर्नेछ।  

उनले समुहका महिलाहरुले यो क्षेत्रमा काम गरे महानगरले आर्थिक सहयोग समेत प्रदान गर्ने प्रतिवद्धता जनाए । ‘कृषिको क्षेत्रमा राम्रो काम गर्दै जाने महिलाहरुलाई प्रोत्साहन दिन महानगरले सक्दो सहयोग गर्नेछ,’मेयर सरावगीले भने।

महानगरबाट सहयोग पाए अबको दिनमा समुहले अझै प्रभावकारी काम गर्दै जाने समुहकि संस्थापक अध्यक्ष सरिता यादवले बताइन्।
 

प्रकाशित मिति: : 2020-03-19 09:11:59

प्रतिकृया दिनुहोस्