बीसीसीआईले आईपीएल सञ्चालन गर्ने विषयमा भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने

एजेन्सी

काठमाडाै‌ं

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लगि (आईपीएल) सञ्चालन गर्ने विषयमा मंगलबार छलफल गर्ने भएको छ।

बीसीआईले मंगलबार सबै ८ वटा फ्रेन्चाइज टिमसँग छलफल गर्ने तयारी गरेको हो।

बीसीसीआईले कोरोनाको सतर्कतास्वरुप अहिले कार्यालय पनि बन्द गरेको छ भने कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन्। 

यस्तोमा बीसीसीआईले मुम्बईबाट सबैसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न लागेको हो।

बीसीसीआईले २९ मार्चदेखि शुरुहुनु पर्ने आईपीएल १५ अप्रिलसम्म स्थगन गरेको छ।

प्रकाशित मिति: : 2020-03-21 21:48:46

प्रतिकृया दिनुहोस्