चर्चित अमेरिकी गायक तथा संगीतकार केनी रोजर्सको निधन

चर्चित अमेरिकी गायक तथा संगीतकार केनी रोजर्सको निधन भएको छ। उनको ८१ वर्षको उमेरमा निधन भएको परिवारले ट्विटर मार्फत जानकारी दिएका छन्।

गत मे महिनामा उनलाई डिहाइड्रेशन भएको भन्दै अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला उनको स्वास्थ्य अवस्था निक्कै कमजोर थियो।  उनले सन् २०१८मा स्वास्थ्य कमजोर भएकै कारण उनले एउटा शो स्थगन गर्नु परेको थियो।

पछिल्लाे पटक विश्‍वभर कोरोना भाइरसको महामारी फैलिएपछि उनको परिवारले उनलाई अलग्गै सुरक्षित ठाउँमा राखेका थिए।

कन्ट्री म्युजिकको उपनामले प्रख्‍यात उनी ६ दशकसम्‍म आफ्नो गीत संगीतमार्फत सबैको मन जित्न सफल भएका थिए।  उनको फलोअर्स् विश्‍वभर रहेका छन्।

उनले गाएका ग्याम्बलर, लेडी, आइसल्याण्ड इन द स्ट्रीम लगायत चर्चित छन्।

यसका साथै उनले गाएको २४ नम्बर गीत विश्वचर्चित हो। ६ पटकसम्‍म सीएमए अवार्ड जितिसकेका उनले आफ्नो करियरको सुरुवातमा एउटा ब्याण्डलाई नेतृत्व गरेका थिए।
 

प्रकाशित मिति: : 2020-03-22 11:35:33

प्रतिकृया दिनुहोस्