सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

नेपाली बजारमा आइतबारको तुलनामा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज नेपाली बजारमा सुन तोलाको ७७ हजार रुपैयाँ रहेको छ। 

आइतबार सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ तोला थियो। सुन गएको ६ दिन यताकै महंगो भएको हो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: Mar 23, 2020 11:42:48

प्रतिक्रिया दिनुहोस

लकडाउनका सकारात्मक पक्ष
  • अन्नपूर्ण पोष्ट
सबै