कोरोनाको संक्रमणलाई रोक्न घडिअर्वामा चैते छठ पुजा स्थगित

वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा हुने चैते छठ पुजा स्थगित भएको छ। 

छठ पुजा व्यवस्थापन समिति,घडिअर्वाको अध्यक्ष प्रेम साह कानुको अध्ययक्षमा सोमबार बसेको बैठकले पुजा स्थगित गर्ने निर्णय गरेको हो।

‘विश्वभरी फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ लाई मध्यनजर गरेर हामीले पुजा स्थिगित गर्ने निर्णय गरेका छौं,’ उनले भने।

यसअघि नै सरकारले कुनै धार्मिक कार्यक्रमको आयोजनामा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको थियो। 

कानुले यसवर्षको पुजा आ–आफ्नो घरबाट सम्मपन्न गर्न पनि उनले आग्रह गरेका छन्। 

तराईमा छठ पर्वलाई महान  महान चाडको रुपमा मनाईने गरिन्छ। कात्तिक शुक्ल षष्ठिका दिन मनाइने ठूलो छठ हो भने चैत्र शुल्कपक्ष षष्ठिका दिन चैते छठ मनाइन्छ।

सार्वजनिक पोखरी तलाउ अथवा नदि किनारमा सामुहिक रुपमा ब्रतालु महिलाले भगवान सुर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने प्रचलन रहेकाले यस पर्वमा धेरै सख्यामा श्रद्धालु समुहमा पुजा गर्ने गर्छन्। 

यता वीरगञ्जमा रहेको घडिअर्वा पोखरी पुरानो छठ घाट भएकाले यहाँ चैते छठमा पनि उल्लख्य रुपमा श्रद्धालुहरुको भिडाभाड हुने गर्छ जसलाई ध्यानमा राखी आउँदो सोमबार र मंगलबार परेको चैते छठलाई घडिअर्वा पोखरीमा आयोजना नगर्ने आयोजकले जनाएका छन्। 
 

प्रकाशित मिति: : 2020-03-24 03:26:59

प्रतिकृया दिनुहोस्