पटेर्वा सुर्गाली गाउँपालिकाले सुरु गर्‍याे कोरोनाबारे जागरुक गर्ने अभियान

पर्साको पटेर्वा सुगौली गाउँपालिकाले जनचेतनामुलक कार्यक्रमको सुरुवात गरेको छ। कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न कार्यक्रमको सुरुवात गरेको हो।

१४ वटा स्थानीय तहमध्ये जिल्लामै पहिलो पटक सो गाउँपालिकाले चौक-चौराहामा तथा सार्वजनिक स्थललगायत हरेक घरमा कोरोना सम्बन्धि पर्चा/पम्लेट टाँसेर जनचेतना फैलाउन सुरु गरेको हो। गाउँपालिकाले आइतबार बिहान गाउँभरीका बालबालिका, वृद्धदेखी हरेक नागरिकलाई साबुनपानीले हात धुन सिकाउने अभियानको साथै अन्य कार्यक्रमको पनि सुरुवात गरेको उपप्रमुख ममता महतोले बताइन्। 

उनकाअनुसार करिव ५ हजारको संख्यामा रहेको सो गाउँपालिकाको प्रत्योक घरधुरीमा हात धुनका लागि १ थान डिटोल, १ थान साबुन गरी प्रत्योक व्यक्तिलाई मास्क वितरणको सुरुवात गरिएको छ।  

कोरोनाबाट गाउँवासीलाई बच्नका लागि हरेक वडाका स्वयमसेविकालाई जनचेतनाका लागि आइतबारदेखि घरदैलोमा खटाइएको उनले जानकारी दिइन्। यसका साथै पटेर्वा सुर्गाली गाउँपालीकाले आफ्ना मातहत रहेका कर्मचारीलाई ५ भागमा विभाजन गरी कारोनाबारे जानकारीका लागि प्रत्योक वडामा खटाइएको उपमेयर महतोले जानकारी दिइन्।

उनले ग्रामिण भेगका जनता सरसफाई प्रति खासै जागरुक नभएको हुँदा उनीहरुमा कोरोनाको जोखिम उच्च रहेको हुँदा गाउँपालीका यसप्रति गम्भिरताको साथ लागेको बताइन्।
 

प्रकाशित मिति: : 2020-03-24 10:51:27

प्रतिकृया दिनुहोस्