पाेखराबाट ५८ विदेशी पर्यटककाे उद्धार

बिएल संवाददाता

काठमाडाै‌ं

पोखरामा अलपत्र परेका विदेशी पर्यटकलाई उद्धार गरि काठमाडौं ल्याइएकाे छ। सरकारले एक साताका लागि आन्तरिक उडानमा प्रतिबन्ध लगाएपछि अलपत्र परेका ५८ विदेशीको उद्धार गरिएको हो।

कोरोना नियन्त्रण तथा रोकथानका लागि सरकारद्धारा गठित उच्चस्तरीय समितिले बुधबार देशका विभिन्न ठाउँमा अलपत्र परेको विदेशी नागरिकको उद्धार गरी उनीहरुकै देश फिर्ता गर्ने निर्णय गरेको थियो।

बुद्ध एयरले उद्धार गरेका अधिकांश फ्रान्सेली नागरिक छन्। फ्रान्सले आफ्ना नागरिकलाई चार्टर्ड विमानमार्फत स्वदेश फर्काउने तयारी गरेको छ। बिहीबार नै तारा एयरले पनि लुक्लाबाट १५ विदेशीलाई उद्धार गरि काठमाडौँ ल्याएको छ।

घरेलु विमान कम्पनीले देशका विभिन्न स्थानमा छरिएर रहेका विदेशीलाई काठमाडौं ल्याएपछि सम्बन्धित देशको पहलमा उनीहरुलाई स्वदेश फर्काइनेछ। 

प्रकाशित मिति: : 2020-03-27 06:18:08

प्रतिकृया दिनुहोस्