लकडाउन उल्लंघन गरेको आरोपमा माछा व्यापारी पक्राउ

पर्सा प्रहरीले देशव्यापी रुपमा जारी गरेको लकडाउन उल्लंघन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–७ रामटोल घर भएका २९ वर्षीय पप्पु साह तुरहा छन्।

उनले लकडाउनको अवज्ञा गरी घर नजिकको सडकमा ठेला राखेर माछा बिक्री गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका तुरहामाथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: : 2020-03-28 01:16:22

प्रतिकृया दिनुहोस्