फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक हिडाल्गोको निधन

एजेन्सी

काठमाडाै‌ं


फ्रान्सका पूर्व प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ। 

पूर्व प्रशिक्षक हिडाल्गोको ८७ वर्षको उमेरमा बिहीबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लामो समयदेखि बिरामी रहेका हिडाल्गोको उपचारका क्रममा निधन भएको हो। उनी फ्रान्सको सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षक रहेका थिए।

फ्रान्सले पहिलोपटक ठूलो उपाधि उनकै नेतृत्वमा सन् १९८४ मा युरो कप जितेको थियो।

उनले युरोपियन च्याम्पियन बनेपछि प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। उनी प्रशिक्षक हुँदा मिचेल प्याटिनी कप्तान थिए।
 

प्रकाशित मिति: : 2020-03-28 01:48:13

प्रतिकृया दिनुहोस्