पर्सा प्रहरीलाई सांसद यादवको सहयोग

प्रतिनिधि सभा सदस्य प्रदीप यादवले पर्सा प्रहरीलाई किटनाशक औषधि (सेनिटाइजर गर्ने डिसइन्फेक्सन स्प्रे) उपलब्ध गराएको छन्। यादवले बिहीबार राती आफ्नै निवासमा प्रहरीलाई बाेलाएर उक्त साम्रगी प्दान गरेका हुन्।

विश्वस्तरमा महामारीको रुप लिएको कोरोना संक्रमणको अवस्थालाई मध्यनगर गर्दै संसाद यादवले जिल्ला प्रहरी कार्यालय पर्सालाई २ किटनाशक औषधि (सेनिटाईजर गर्मा डिसइन्फेक्सन स्प्रे), किटनाशक धुलो र फिनायल लगायतका सामग्री बितरण गरिएकाे सांसदका स्वकिय सचिव निखिल बरनवालले बताए। 

 उक्त साम्रगी आज अनौपचारी कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक रविभुषण यादवलाई हस्तान्तरण गरिएकाे उनले जानकारी दिए। ‘कोरोना सँगसँगै विभिन्न किसिमको किरा र लामखुट्टेको टोकाइबाट प्रहरीनै बिरामी हुने अवस्था सृजना भएको देखेपछि किटनाशक औषधिलगयातको सामग्री उपलब्ध गराएका हाैं,’ उनले भने।

हस्तान्तरण कार्यक्रममा संसाद यादवले प्रहरीका लागि कोरोनाबाट सुरक्षित राख्न सरकारसँग विशेष मास्क, पन्जा, चस्मालगयात सामग्री उपलब्ध गराउन आग्रह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति: : 2020-03-28 23:25:05

प्रतिकृया दिनुहोस्