दीपकको दु:खान्त : अस्पतालले फोहोर फाल्ने ठाउँमा राखिदियो शव

अनलाइनखबर

विराटनगर

काेरोना संक्रमणका कारण विश्व आक्रान्त छ । नेपालमा पनि संक्रमण देखिएपछि सरकारले मंगलबारबाट देशभर लकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुलाई अत्यावश्यक बाहेकका अरु काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यही बेला मोरङको पथरी शनिश्चरे नगरपालिका– १० की मनु लिम्बुमाथि भने अर्काे ठूलो बज्रपात परेको छ । उनी कोरोना संक्रमणबाट जोगिनेभन्दा पनि आफ्नो दाइको शव कसरी अस्पतालबाट लैजाने भन्ने पिरमा छिन् ।

उनका दाजु दीपक लिम्बुको विराटनगरको विराट नर्सिङ होममा मृत्यु भयो । तर, उपचारको क्रममा उठेको बिल करिब तीन लाख ६० हजार रुपैयाँ तिर्न नसक्दा उनले अस्पतालबाट शव लैजान पाएकी छैनन् ।

अस्पतालले उनको शव फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा छाडिदिएको छ । ‘मेरो दाजुको मृत्यु त कुकुरकोभन्दा पनि नराम्रो भयो’ उनले भनिन् ‘अस्पतालले फोहोर हाल्ने ठाउँमा शव राखेको छ, निकाल्ने क्षमता छैन ।’

नर्सिङ होमका प्रशासन प्रमुख पदम विनाडी भने बिल नतिरेसम्म शव लैजान नदिने बताउँछन् ।

प्रकाशित मिति: : 2020-03-29 01:58:20

प्रतिकृया दिनुहोस्