मुस्ताङमा अलपत्र परेका पर्यटकलाई बसबाट उद्धार

बिएल संवाददाता

ठिनी, मुस्ताङ

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात्  मुस्ताङ्ग भ्रमणमा रहेका केही पर्यटकहरु अलपत्र परेको थिए।

लकडाउनका कारण मुस्ताङको विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका ५१ पर्यटकलाई आज जिल्ला प्रशासन कार्यालय मुस्ताङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोम, जिल्ला प्रहरी कार्यालय मुस्ताङ, पर्यटक प्रहरी मुस्ताङको समन्वयमा उद्दार गरिएको हो ।

पर्यटकलाई काठमाडौं पठाउनको लागि दुई बसको व्यवस्था मिलाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय जोमसोमको कार्यालय प्रमुख प्रमुख तुलसी दहालले जानकारी दिए।

ती पर्यटकहरुलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले तथ्याङ्क संकलका साथै स्वास्थ परीक्षण गरेर काठमाडौं  पठाइएको दहालले बताए।

 उक्त पर्यटकहरू अस्ट्रिया, क्यानडा, चीन, फिनल्यान्ड, जर्मनी, ईटाली, नेदरल्यान्ड , पोल्यान्ड , युके, अमेरिमका, फ्रान्स, स्वीडेन, अष्ट्रेलिया, स्वीजरल्यान्ड, आयरल्यान्ड, भारत र बेल्जियमका थिए।

लमजुङ मनाङहुँदै मुस्ताङ आईपुगेका ६३ पर्यटक मध्ये ५८ पर्यटकलाई शनिबार पोखरा र काठमाडौं पठाइएको छ। बाँकी पर्यटक मुस्ताङमै बस्न चाहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी  वेद प्रसाद अर्यालले जानकारी दिए।

मुस्ताङबाट पठाउने पर्यटकलाई नेपाल पर्यटन बोर्ड तथा सम्वन्धित देशका दूतावासलाई जिम्मा लगाउने अर्यालले बताए ।

यसअघि मुस्ताङबाट  विभिन्न मुलुकका १ सय २१ जना विदेशी पर्यटकलाई काठमाडौं पठाईएको थियो।

प्रकाशित मिति: : 2020-03-29 11:46:03

प्रतिकृया दिनुहोस्