रोनाल्डोसहितका खेलाडी र प्रशिक्षकले चार महिनाको पारिश्रमिक नलिने

एजेन्सी

काठमाडाै‌ं

इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्सका खेलाडीहरु र प्रशिक्षक पारिश्रमिक कटौति गर्न सहमत भएका छन्। खेलाडी तथा प्रशिक्षक माउरिजिओ सारीले कोरोना भाइरसको महामारीका कारण फुटबल गतिविधि रोकिँदा क्लबलाई परेको आर्थिक भार कम गर्नका लागि चार महिनाको पारिश्रमिक नलिन सहमत भएका हुन्।

इटालीमा सबै खेलकुद गतिविधिहरु कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएका छन्। यस्तो अवस्थामा खेलाडी तथा प्रशिक्षकले यो अवधिको पारिश्रमिक नलिँदा युभेन्ट्सलाई ९० मिलियन युरो बराबरको आर्थिक बोझ हलुका हुने जनाइएको छ। 

क्रिष्टियानो रोनाल्डो, आरोन रामसी, पाउलो डिबालासहितका स्टार खेलाडी रहेको युभेन्ट्सका खेलाडीले मार्च, अप्रिल, मे र जुनको पारिश्रमिक पाउने छैनन्। युभेन्ट्स अहिले सिरी ए फुटबलको शीर्ष स्थानमा छ। उ लाजिओ भन्दा एक अंकले अघि रहेको छ।

प्रकाशित मिति: : 2020-03-29 19:24:01

प्रतिकृया दिनुहोस्