चीनले दिएका स्वास्थ्य सामग्री बोकेकाे विमान काठमाडौं प्रस्थान

बिएल संवाददाता

काठमाडाै‌ं

चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको छ।

स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन्।

राजदूत यान्छीले नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्रीहरु प्याक गरिएका कार्टुनका फोटा सेयर गर्दै त्यसमा सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान रहेको जानकारी दिएकी छन्।

यस्तै नेपालस्थित चिनियाँ दूतावासले चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेको मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि काठमाडौं आउने बताएको छ। परीक्षण किटहरु पनि छिट्टै आइपुग्ने दूतावासले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-29 19:33:22

प्रतिकृया दिनुहोस्