'अमेरिकामा कोरोनाबाट मर्ने व्यक्ति थुपार्दा एउटा पहाड नै बन्छ जस्तो छ’

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

‘अहिलेको अवस्था हेर्दा अमेरिकामा कोरोना भाइरसबाट मर्ने व्यक्ति थुपार्दा एउटा पहाड नै बन्छजस्तो छ।’

यो भनाइ हो- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको। उनले ह्वाइट हाउसमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

यो धारणाभन्दा पनि उनको रिसको पारो चढेको हो । उनी अमेरिकी जनताले आफ्नो गाइडलाइन नमानेको भनेर रिसाएका छन्। 

उनी आफ्नो गलत नीतिको कारण कोरोना भाइरस संक्रमण बढेको भन्ने स्विकार्दैनन् । यसका लागि उनी अमेरिकी जनतालाई नै दोष थोपरिरहेका छन्। र, चेतावनीका भाषामा भनिरहेका छन्, ' ‘अहिलेको अवस्था हेर्दा अमेरिकामा कोरोना भाइरसबाट मर्ने व्यक्ति थुपार्दा एउटा पहाड नै बन्छजस्तो छ ।’

यसैबीच उनले सामाजिक दूरी कायम गर्ने सीमा अप्रिल १२ बाट बढाएर अप्रिल ३० सम्म पुर्याएका छन्। उनी अप्रिल १२ सम्ममा कोरोना बाबुमा आउने र इस्टरदेखि अमेरिकाको राष्ट्रिय संकटकाल फिर्ता लिने पक्षमा थिए । तर, उनको यो योजनामाथि तुषारापात हुने संकेत देखिएपछि उनी रिसाएका छन्।

त्यही रिसको झोकमा उनले थप अप्रिय कदम चाल्ने सम्भावना बढेको छ। उनले मंगलबार केही कडाइ गर्ने खालका नीतिहरू घोषणा गर्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: : 2020-03-31 10:05:41

प्रतिकृया दिनुहोस्