कोरोनाका कारण फ्रेन्च क्लब मार्सेका पूर्वअध्यक्षको निधन

एजेन्सी

काठमाडाै‌ं

फ्रेन्च क्लब मार्सेका पूर्वअध्यक्ष पेप डिउफको निधन भएको छ ।

६८ वर्षका डिउफको कोरोना भाइरसको संक्रमणबाट सेनेगलमा निधन भएको बताइएको छ। 

कोरोनाबाट ग्रसित केही उनको निधन भएको फूटबल क्लब मार्सेले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्वीटर मार्फत जनाएको छ ।

उनी सन् २००५ देखि २००९ सम्म लिग वान क्लब मार्सेका अध्यक्ष रहेका थिए ।
 

प्रकाशित मिति: : 2020-04-01 14:01:17

प्रतिकृया दिनुहोस्