च्याम्पियन्स लिग फुटबल तत्कालका लागि स्थगित

एजेन्सी

काठमाडाै‌ं

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले अर्को सूचना जारी नभएसम्मका लनगि च्याम्पियन्स लिग तथा युरोपा लिग फुटबलका सबै खेल स्थगित गरेका छ।

युरोपियन प्रशासकीय निकायका ५५ सदस्य एसोसिएसनका प्रतिनिधिको बुधबार बसेको बैठकले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण युइएफएले खेलहरु तत्कालका लागि रोकेको हो।

यस्तै जुनमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय खेलाहरु पनि रोकिएका छन्। जसमा युरोकप २०२० का प्लेअफ खेलहरु पनि छन्।

यसअघि नै युरोकप फुटबल २०२१ का लागि सारिएको छ। 

इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु कम्तिमा अप्रिल ३० सम्मका लागि रोकिएका छन्।

प्रकाशित मिति: : 2020-04-02 06:48:48

प्रतिकृया दिनुहोस्