चलचित्र क्षेत्रको सन्‍नाटाले संकटमा प्राविधिक, के गर्दैछन् सम्बन्धित निकाय?

नेपालन्यूज

काठमाडौँ
मनाेज न्याैपाने

एउटा चलचित्र सफल हुन सामान्यतः कथा, पटकथा, निर्देशन अनि कलाकारले निर्वाह गरेको भूमिकालाई प्रमुख मान्ने गरिन्छ। तर यसमा अन्य धेरै पक्षहरू हुन्छन्, जसलाई हामी महत्व दिँदैनौं, दिन आवश्यक पनि ठान्दैनौं।उक्त विषय हो, प्राविधिक। मेकअप, क्यामेरा, लाइट, भेषभुषा, सम्पादनलगायत विषय अपरिहार्य छन्। यी पक्षहरू सफल चलचित्रका गौण तर महत्वपूर्ण पाटाहरू हुन्। यी क्षेत्रमा काम गर्ने प्राविधिकहरूको देन पनि कम आँकलन योग्य हुन्न।

चलचित्र निर्माण प्रचार-प्रसारदेखि प्रदर्शनसम्म आइपुग्दा फिल्मका निर्माता, निर्देशक, कलाकार सबै दर्शकमाझ परिचित भइसक्छन्, तर प्राविधिक गुमनाम प्रायः हुन्छन्। आक्कल झुक्कलबाहेक उनीहरूको नाम सुन्न पाइँदैन, पर्दापछाडिका हिरोहरू पर्दा पछाडि नै गुमनाम रहन्छन्।

प्रकाशित मिति: : 2020-04-02 08:49:37

प्रतिकृया दिनुहोस्