क्वारेन्टाइन बस्नेको कथा : आफन्तले भेट्न मान्दैनन्, फोनमा हालखबर सोध्छन्

अनलाइनखबर

काठमाडौँ

सँगै वैदेशिक रोजगारीबाट फर्किएका साथीमा कोरोना पोजेटिभ देखिएपछि विराटनगर– १५ का युवक परिवारसहित क्वारेन्टाइनमा छन् ।शनिबारयता विराटनगर– १९ मा महानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका उनी कोरोना त्राससँग जुधिरहेका छन् ।

कोरोना संक्रमणको आशंकामा उनी आफैं डराएका छन् । विराटनगरमा रहेका उनका आफन्त पनि डराएका छन् । डर कै कारण आफन्त भेटघाटका लागि क्वारेन्टाइन पुगेका छैनन् ।आफन्तले बेला बेला फोन गरेर हाल खबर सोध्छन् । ‘आफन्त यहाँ आउन गाह्रो मान्नुहुन्छ, फोनमा चाहिँ कुरा हुन्छ’ उनी भन्छन् ‘दुरी मेन्टेन गर्दा कोरोना सर्दैन, बुझ्ने मान्छेमा नै त्रासमा छन् ।’६ वर्षकी छोरी र श्रीमतीसहित क्वारेन्टाइनमा बसेका उनी घरको जस्तो बसाइ नहुने बताउँछन् ।

प्रकाशित मिति: : 2020-04-02 08:53:08

प्रतिकृया दिनुहोस्