ओलम्पिक गेम्स फुटबलमा खेलाडीको उमेर हद बढाउने फिफाको तयारी

एजेन्सी

काठमाडाै‌ं

जापानमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एक वर्ष बढाउने तयारी गरिएको छ। 

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछि धकेलिएको ओलम्पिक गेम्सका लागि पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको हो।

ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद २३ वर्ष रहँदै आएको छ। 

सन् १९९७ को जनवरी १ यता जन्मिएका खेलाडीलाई खेल्न दिइने छ। तर यो प्रस्ताव फिफाले पारित गर्न भने बाँकी छ। ओलम्पिक गेम्स आउँदो वर्ष सन् २०२१ को जुलाई २३ देखि सुरु हुनेछ।

आउँदो वर्ष हुने प्रतिस्पर्धामा महिला तर्फको खेलका लागि भने उमेर हद छैन।

प्रकाशित मिति: : 2020-04-05 07:21:44

प्रतिकृया दिनुहोस्