कोरोनालाई सरकारी मोर्चाले मात्र पराजित गर्न सक्छ: पर्यटनमन्त्री भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसलाई परास्त गर्न राज्य मोर्चाबाट मात्र संभव हुने बताएका छन्। उनले प्रदेश सरकारको मोर्चाको विकल्प खोजिनु सत्यानासतर्फ लम्कनु हुने बताए।

सरकारले कोरोनाको नियन्त्रण तथा रोकथाममा लागु गरेको लकडाउनलाई कडाई गर्न एक प्रदेशबाट अर्को प्रदेशमा जान र एउटा स्थानीय नियकाबाट अर्को स्थानीय निकायमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट पर्यटन मन्त्री भट्टराईले सामाजिक सन्जालमा उक्त कुरा लेखेका हुन्।

भट्टराईले लेखेका छन्,‘कोरोनालाई परास्त गर्न राज्य (सरकार)को मोर्चाबाट मात्र सम्भव छ। सबैका सकारात्मक प्रयत्नहरु सरकारी कार्बाहीकै वरीपरी केन्द्रित हुनुपर्दछ । अर्को मोर्चा बनाएर लडाईंलाई दिग्भ्रमीत गर्नु आँफैलाई सत्यानास गर्नु हो । होस् पुर्याउँ । अनुभवबाट कमजोरीहरु सच्चिदै जानेछन ।’ 

COVID 19 लाई परास्त गर्न राज्य ( सरकार ) को मोर्चाबाट मात्र सम्भब छ । सबैका सकारात्मक प्रयत्नहरु सरकारी कार्बाहीकै वरीपरी केन्द्रित हुनुपर्दछ । अर्को मोर्चा बनाएर लडाईंलाई दिग्भ्रमीत गर्नु आँफैलाई सत्यानास गर्नु हो । होस् पुर्याउँ । अनुभबबाट कमजोरीहरु सच्चिदै जानेछन ।

— Yogesh Bhattarai (@yogesbhattarai) April 5, 2020
प्रकाशित मिति: : 2020-04-05 14:15:02

प्रतिकृया दिनुहोस्