लिलामणि पोखरेलको ‘लकडाउन’ डायरी : सरकार संकटमा पनि ‘बदनाम’ हुँदा चिन्ता

रातोपाटी

काठमाडौँ

लोकेन्द्र भट्ट

कोरोना भाइरस (कोभिड–१९)को माहामारीले विश्वका शक्तिशाली मुलुकको अवस्था पनि हायल–कायल छ । यसको रोकथाम र नियन्त्रणका लागि कोरोना संक्रमति अधिकांश मुलुकले ‘लकडाउन’ विधि अपनाइरहेका छन् । त्यसबाट नेपाल पनि अछुतो छैन । ११ चैतदेखि नेपालमा ‘लकडाउन’ जारी छ । जसबाट आम नागरिकहरुको दैनिकी घरभित्र सीमित छ । ‘लकडाउन’पछिको आफ्नो दिनचर्या, कोरोना रोकथाममा विश्वको तयारीलगायतका विषयमा नेकपाका नेता लिलामणि पोखरेलले यसरी सुनाए :

सरकारले लगाएको ‘लकडाउन’को पूर्णत पालना गरेका छौँ । मेरो दिनचर्या मुलतः तीनवटा काममा बित्छ । ‘लकडाउन’ले गर्दा पहिले भन्दा म ढिलो उठ्ने गरेको छु । कतै जानु नपर्ने र केही गर्नु पर्दैन भन्ने लागेर ६ बजेभन्दा अगाडि उठ्न गाह्रो भएको छ ।

प्रकाशित मिति: : 2020-04-07 17:41:25

प्रतिकृया दिनुहोस्