विद्युत खपत घटेपछि एक महिनामै २ अर्ब गुमाउँदै प्राधिकरण

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

 कोरोनाको प्रकोप फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेसँगै विद्युत खपतमा उच्च दरले गिरावट आइरहेको छ। यो गिरावटले नेपाल विद्युत प्राधिकरणको मासिक आम्दानी पनि घटाउने निश्चित भएको छ ।

प्राधिकरणले सामान्य अवस्थामा दैनिक औसत २० हजार मेगावाटआवर विजुली वितरण गर्छ । तर, लकडाउनपछि विजुलीको खपत १४सय मेगावाट आवरमा झरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । यसअनुसार प्राधिकरणले एक महिनामै करिब दुई अर्ब रुपैयाँ आम्दानी गुमाउने छ ।

प्रकाशित मिति: : 2020-04-08 10:01:00

प्रतिकृया दिनुहोस्