पाँचबुँदे सहमतिसँगै बाबुरामको शव बुझ्न परिवार तयार

२६ चैत, बुटवल । पाँचबुँदे सहमतिसँगै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको छ ।

कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको १६ गते मृत्यु भएको थियो । तर उनको मृत्यु भइसकेपछि आएको रिपोर्टमा उनलाई संक्रमण नभएको पाइयो । समयमा उपचार नपाएर आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृतककी श्रीमती रिताले छानविन नभएसम्म शव नबुझ्ने अडान लिइन् ।

त्यही कारण ११ दिनदेखि बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा थियो ।

बुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएको छ । वार्तामा मृतकका परिवारलाई दिने गरी आधारभूत राहत कोष बनाउने सहमति भएको छ, जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ ।

साथै थप आर्थिक सहयोग जुटाइने छ । दाताहरुको सहयोगबाट बुधबार नै साढे ८ लाख रकम संकलन भइसकेको युवा उद्यमी जगत पोखरेलले बताए ।

प्रकाशित मिति: : 2020-04-08 17:17:35

प्रतिकृया दिनुहोस्