यस्ताे बन्याे कोरोना भाइरसबारे बनेको पहिलो चलचित्रको ट्रेलर

विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । विश्वभर यसबाट मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ। बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ हजार ७ सय १४ पुगेको छ।

गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारीबारे भने चलचित्र बनेर प्रदर्शनको तयारीमा रहेको छ ।

क्यानडाका निर्देशक मोस्तफा केशवानीले यो चलचित्र बनाएका हुन् । उनले चीनमा कोरोनाको संक्रमण देखिएका बेला जसलाई धेरैले चाइनिज वा वुहान भाइरसका नामले मात्रै चिनेका थिए, त्यहि बेला नै चलचित्र बनाउन सुरु गरेका हुन् ।

फेब्रुअरी १४ मा छायाँकन सम्पन्न भएको चलचित्र अहिले सम्पादनको काम सकेर स्ट्रिमिङ्गका लागि तयारी अवस्थामा आएको छ। अहिले यसकाे ट्रेलर  सार्वजनिक भएकाे छ।

यो चलचित्रमा लिफ्टमा अड्किएका सात व्यक्तिको कथामा देखाइएको छ। त्यसमध्ये एक व्यक्तिलाई खोकी लागेपछि संघर्षको कथा चलचित्रमा छ ।

प्रकाशित मिति: : 2020-04-10 07:19:42

प्रतिकृया दिनुहोस्