एक स्वास्थ्यकर्मीको अनुभवमा बेलायतको कोरोना

एक चिनियाँ विद्यार्थीबाट भित्रियो, डढेलोझैं फैलियो

सञ्जु बजगाईं

म बेलायतमा बस्दै आएकी र यहाँको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्दै आएकी हुनाले बेलायतका बिरामीहरुमा कोरोनाको प्रभाव कसरी परिरहेको छ भन्ने कुरा नजिकबाट अनुभव गर्न पाएकी छु ।

यहाँको ‘ब्रिटिस फरेन पोलिसी ग्रुप’ को आधिकारिक तथ्याङ्क अनुसार जनवरीको अन्त्यतिर बेलायतमा कोरोना भाइरस संक्रमणको पहिलो ‘केस’ भेटिएको थियो । यसरी संक्रमित हुने व्यक्ति बेलायतकै ‘योर्क’ शहरको ‘योर्क युनिभर्सिटी’ मा अध्ययन गर्ने एक चाइनिज विद्यार्थी थिए ।

जनवरीको अन्त्यबाट अप्रिलको ४ तारिखसम्म आइपुग्दा बेलायतमा ४० हजारभन्दा बढी संक्रमित भएका छन् भने ४ हजारले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । यो महामारी डढेलोजस्तै भएर सल्किने क्रम जारी छ ।

कोरोना संक्रमित बिरामीहरुको सेवामा संसारभर खटिएका कयौं स्वास्थ्यकर्मीले पनि संक्रमणका कारण आफ्नो ज्यान गुमाइसकेका छन् । इटलीमा मात्र ५० जना डाक्टर र नर्सको मृत्यु भएको छ भने बेलायतमा भर्खरैमात्र ५ जना डाक्टर तथा तीनजना नर्सहरुको मृत्यु भएको समाचार प्रकाशमा आएको छ ।

प्रकाशित मिति: : 2020-04-10 07:52:38

प्रतिकृया दिनुहोस्