बार्सिलोनाका ६ जना बोर्ड सदस्यद्वारा राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यले राजीनामा दिएका छन् । क्लबका चार उपाध्यक्षमध्ये एमिली रोउसाउद र एन्ड्रिके तोम्बास तथा चार निर्देशकहरु सिल्भिओ एलिएस, जोसेप पोन्त, जोर्डी काल्सामिग्लिया र मारिया तेइसिडोरले राजीनामा दिएका हुन् ।

यसअघि क्लबका अध्यक्ष जोसेप मारिया बार्तामेउले एमिली राउसाउड एनरिके तोम्बास सिल्भियो एलिभास र जोसेफ पोन्टलाई अफिस छाड्न भनेका थिए । 

उनीहरुले राजीनामा दिँदै अध्यक्ष जोसेप मासिया बार्तोमेउलाई क्लब व्यवस्थापनमा चित्त नबुझेको बताएका हुन् ।

कोरोना भाइरस महामारीका कारण क्लबलाई परेको आर्थिक समस्या समाधानका लागि अपनाइएको उपायप्रति उनीहरुले संयुक्त पत्र लेखेर असन्तोष व्यक्त गरेका छन् ।

यस्तै गएको फेब्रुअरीमा भएको स्क्याण्डलको ह्याण्डलिङ्गको पनि उनीहरुले आलोचना गरेका छन् । आफ्नै खेलाडीको सामाजिक सञ्जालमा आलोचना गर्नका लागि निजी फर्मको सहयोग लिएको अभियोग बार्सिलोनामाथि लागेको थियो, तर बार्सिलोनाले सो आरोप अस्वीकार गरेको थियो ।

६ जनाले राजीनामा दिएपछि बार्सिलको क्लब बोर्डको स्ख्या १९ बाट घटेर १३ मा आएको छ । 

नयाँ महारमारीको रुपमा रहेको कोरोना भाइरसपछि भविष्यमा आउने महत्वपूर्ण चुनौती सामना गर्न क्लबको व्वयस्थापन ढाँचालाई परिवर्तन गर्न नसक्दा यो अवस्थामा पुगेको उनीहरुले जनाएका छन् ।

प्रकाशित मिति: : 2020-04-11 06:43:05

प्रतिकृया दिनुहोस्