लकडाउनका बेला मोतिहारीबाट हिँडेरै राैटहट आएका थिए कोरोना संक्रमित युवक

दीप सुवेदी

काठमाडाै‌ं

रौतहटका एक युवकमा  कोरोना भाइरसको संक्रमण देखिएको छ। क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

इशनाथ नगरपालिका-५ मोतिपुरका ती युवक लकडाउनको बेला भारतको नयाँदिल्लीबाट चैत १७ गते आएकाे रौतहटका प्रमुख जिल्ल अधिकारी वासुदेव घिमिरेले बिएल नेपाली सेवालाई बताए।

युवकमा दिल्लीमा मजदुरी काम गर्दै आएका थिए। उनका अनुसार संक्रमित युवा मोतिहारी जिल्लासम्म बसमा आएका थिए। त्यसपछि उनी हिँडेरै घर आइपुगेका थिए। भारतबाट आएको खबर आएपछि नगरपालिकाले भोलिपल्टै उनलाई क्वारेन्टाइनमा लिएर राखेको थियो।

‘उहाँ चैत १६ गते घर आउनुभएको सूचना आएसँगै हामीले भोलीपल्टै क्वारेन्टाइनमा राखेका थियौं। त्यसपछि २९ गते स्वास्थ्यकर्मीको टोली उहाँको स्वाबको नमूना परीक्षण गर्न काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो,’प्रजि घिमिरेले भने।

अहिले पनि संक्रमित युवा क्वारेन्टाइनमै रहेको उनले बताए। ‘उहाँ क्वारेन्टाइमै हुनुहुन्छ। कुन अस्पतालमा लाने भनेर छलफल चलिरहेको चलिरहेकाे छ’,उनले भने।

आजमात्रै कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी ६५ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको टेकुमा परिक्षण गर्दा पोजिटिभ देखिएको हो।

उनी वीरगञ्ज नाकामा चिया पसल गर्दै आएकी थिइन्। वीरगञ्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते प्रवेश गरेका थिए। भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए।

आइतबार वीरगञ्जमा आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियाे। 

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन भने सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगञ्जमा ३ जना, बाग्लुङमा २ जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २ जनाको उपचार भइरहेको छ।

याे पनि

 

कोरोना संक्रमित महिलासँगै बसमा आएका १६ क्वारेन्टाइनमा, १७ जनाको खाेजी

राैतहटका एक युवकमा कोरोना फेला, संक्रमितकाे संख्या १४ पुग्याे

कैलालीमा एक महिलामा भेटियाे कोरोना, संक्रमितकाे संख्या १३ पुग्याे

प्रकाशित मिति: : 2020-04-13 17:23:09

प्रतिकृया दिनुहोस्