कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरी ए फुटबल लिग पुनः सुरु हुने भएको छ।
इटालियन फुटबल फेडेरेशनले मे को सुरुमा खेलाडीहरुको स्वाबको परिक्षण गरेर लिग सुचारु गर्न लागेको हो।
फेडेरेशनका अध्यक्ष गाब्रिएल ग्राविनाले अवस्था सामान्य भए लगत्तै लिग पूरा गर्ने बताए। चाँडै बैठक हुने र लिग पुनः सुरु गर्नका लागि अपनाइने प्रक्रियाबारे निर्णय लिइने उनले जानकारी दिए ।
सबै खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको परीक्षण मे को सुरुमा हुने आश रहेको उनले बताए । त्यसपछि लिग सुरु गर्न सजिलो हुने उनले बताएका छन् ।
गएको मार्च ९ देखि इटालियन सिरी ए फुटबल कोरोना महामारीका कारण रोकिएको छ । अझै पनि खेल कहिले पुनः सुरु हुनेछ भन्ने यकिन भएको छ । इटालियन सिरी ए मा झै १२ चरणका खेल हुन बाँकी छन् ।