नेपाल भ्रमणमा आएका दुई बिदेशीसहित ७ पर्यटक रुकुममा अलपत्र

राजु लामिछाने

रुकुम पश्चिम

नेपाल भ्रमणमा आएका बिदेशी पर्यटकसहित ७ जना रुकुममा अलपत्र परेका छन्। रुकुम पश्चिमको बाफिकोट पुगेका २फ्रान्सेली नागरिक र ५ उनीहरुका सहयोगी लकडाउनको कारण बाटोमा अलपत्र परेको हुन्।

ब्रिजित ह्यामजोर, लोरेन्ट नामका फ्रान्सेली नागरिकको साथमा उनीहरुका सहयोगीहरु भिम मगर, दानबहादुर मगर, दोर्जे राई, मदन राई अलपत्र परेको पपर्यटन व्यवसायी तथा गाइड मानबहादुर खत्रीले बताए।

खत्रीका अनुसार उनीहरु काठमाडौंबाट पोखरा, बाग्लुङ, रोल्पा, रुकुम पूर्वहुँदै रुकुम पश्चिमको बाफिकोट चैत १० गते आइपुगेको बेला लकडाउनमा परेका हुन्। 

‘आफ्नो घरसम्म पुर्‍याएको छु। तर पनि अन्य कुराहरुको समस्या बढ्दै गएको छ। सोलुखुम्बु र ओखलढुंगा घर भएका ५ जना सहयोगीहरु घर जानलाई आत्तिएका छन्,’ उनले बिएल नेपाली सेवासँग भने। 

उनीहरु काठमाडौं , जलजला , रुकुम पश्चिम, जाजरकोट, रुकुम पूर्व, ढोरपाटन , तानसेनका विभिन्न हिमशृङ्खलाहरु र तालहरु हेर्न यान्टालान्टा माउन्टीङ यन्ड ट्रेकिङ कम्पनीबाट आएको बताउछन् । फ्रान्सेली नागरिकहरू ९० दिनको भिसा लगाएर नेपाल भ्रमणमा आएका थिए ।

बाफिकोट गाउँपालिका ४ लोछाबाङ गाउँमा बसिरहेका उनीहरुलाई खान बस्नको समस्या भएपछि वडा नम्बर ४ ले ३० केजी चामल , २ केजी दाल, २ पोका नुन, १ बाेत्तल तेल सहयोग गरेका थियो।

 हाल उनीहरुलाई खान बस्नको असहजता हुँदै गएको छ । नेपाली पैसा सकिएपछि र बिदेश डलर नचल्ने भएकाले झन उनीहरु मारमा परेका छन्।

प्रकाशित मिति: : 2020-04-18 10:06:46

प्रतिकृया दिनुहोस्