इंग्लिस प्रिमियर लिग फुटबल क्लब आर्सनलका खेलाडी र प्रमुख प्रशिक्षकले पारिश्रमिक कटौतिका लागि सहमति जनाएका छन् ।
कोरोना भाइरसको महामारीका कारण खेल रोकिँदै क्लबलाई परेको आर्थिक भारमा सहयोग गर्ने उद्देश्यले पारिश्रमिक कटौतिका लागि सहमति जनाएका हुन्।
यसका लागि खेलाडी तथा प्रशिक्षक मिकेल आर्तेता १२.५ प्रतिशत पारिश्रमिक कटौति गर्न सहमत भएका छन् ।
उनीहरु वार्षिक पारिश्रमिकमा साढे १२ प्रतिशतको कटौति गर्न स्वतन्त्र रुपमा सहमत भएका हुन्। क्लबका प्रमुख कोचिङ्ग स्टाफहरुले पनि पारिश्रमिक कटौति गर्न सहमति जनाएका छन् ।