च्याम्पियन्स लिगको नयाँ खेल तालिका सार्वजनिक

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना महामारी अझै नरोकिएको बेला युरोपियन फुटबल महासङ्घ (यूइएफए) ले आन्तरिक रुपमा च्याम्पियन्स लिगको तालिका बनाएको छ ।

युइएफएले युरोपियन प्रतियोगता चाँडै सुचारु गर्ने लक्ष्य बनाएको द सनले समाचार लेखेको छ। जसमा अन्तिम १६ को दोस्रो लेगमा युभेन्ट्स र ओलम्पिक लियोन तथा म्यानचेस्टर सिटी र रियाल मड्रिडको खेल अगष्ट सात तारिखमा राखेको छ ।

यस्तै बार्यन म्युनिख र चेल्सी तथा बार्सिलोना र नापोलीको खेल अगष्ट आठ तारिखको लागि तय गरिएको जनाएको छ । 

अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले नापोलीसँग एक एक गोलको बराबरी खेलेको थियो भने म्यानचेस्टर सिटी रियालसँग दुई–एकले विजयी भएको थियो ।

प्रकाशित मिति: : 2020-04-21 10:21:42

प्रतिकृया दिनुहोस्