च्याम्पियन्स लिग र युरोपा लिग फुटबलका बाँकी खेलहरु आउँदो अगस्टमा गर्ने तयारी भएको छ। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण खेलहरु रोकिएका छन् ।
बुधबार सिजनका बाँकी खेलहरु कहिले र कसरी गर्ने भन्ने सम्बन्धी छलफल भएको हो । सो छलफलमा अगस्टमा गर्ने तयारी भए पनि अन्तिम निर्णय भने भएको छैन ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले मंगलबार ५५ एसोसिएसनहरुलाई बाँकी खेलहरु जुन, जुलाई र अगस्टमा गर्न सक्ने सम्भावना रहेको बताएको थियो ।
तर घरेलु लिगहरु जुलाई ३१ सम्म सकेर त्यसपछि अगस्ट च्याम्पियन्स लिग तथा युरोपा लिगका खेलहरु गर्ने तयारीमा एसोसिएसनहरु पुगेको बिबिसीले जनाएको छ । खेलहरु अगस्ट ११ देखि २२ मा गर्ने तयारी भएको छ ।