…अब त के बाँचुला र ?

अनलाइनखबर

काठमाडौँ

विश्वास खड्काथोकी

‘यो त पढ्नुपर्ने, फुल्नुपर्ने, रमाउनुपर्ने समय हो । मेरो जीवन त फुल्नै नपाउँदै झर्न थालिसक्यो, झरेको फूलजस्तै भयो’ यति भन्दै कल्पना तामाङ भक्कानिन थालिन् ।

फेरि, गहभरि आँसु पार्दै सम्हालिन खोजिन् ।

‘रोग त सबैलाई लाग्छ, तर…।’ त्यसपछि भने उनको बोली फुटेन । हिक्का मात्र छुट्यो । मनमा अटेसमटेस ज्वारभाटाहरू उनको अनुहारमै पढ्न सकिन्थ्यो ।

१८ वर्षीया कल्पनाका फूलजस्ता सपनाहरू डायलासिसको सकसमा कैद छन् । उनका कल्पनाहरू दुई छाकको अभावमा बरालिएका छन् ।

‘यदि म स्वस्थ भएको भए त यस्तो गर्थे‌ं भनेर कहिल्यै सोच्नुहुन्न ?’ कल्पनाको लागि यो निकै निर्मम प्रश्न हुन सक्छ । उनले नरोकिएको आँसु पुछ्दै कारुणिक सवाल गर्छिन्, ‘देखेको सपना त पूरा हुँदैन भने झन् अर्को सपना देखेर आफूलाई कति दुःखी बनाउनु ?’

हो, कसरी सुन्दर सपनाहरू सजाउन सक्छिन् कल्पनाले ? भक्तपुर सल्लाघारीको यो बन्द कोठामा बिहान-बेलुकी पेटभ

प्रकाशित मिति: : 2020-04-24 12:23:51

प्रतिकृया दिनुहोस्