सर्लाहीका १४ वर्षीय कोरोना संक्रमितलाई उपचारको लागि वीरगञ्ज ल्याइयाे

कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित सर्लाहीका १४ वर्षीय किशोरलाई उपचारको लागि वीरगञ्ज ल्याइएको छ।

कोरोना संक्रमित सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ५ हरकठवाका १४ वर्षीय किशोरलाइ उपचारको लागि नारायणी अस्पतालमा ल्याइएको हाे। 

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा १४ वर्षीय किशोरमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

लकडाउन भएकै समयमा ती युवक भारतको दिल्लीबाट रौतहटको गौर हुँदै सर्लाहीको धनकौल आएका थिए।

गत वैशाख ५ गते आरडिटी परीक्षण गर्दा ती किशोरको रिपोर्ट पोजेटिभ देखिएको थियो। त्यसपछि जनकपुरमा गरिएको पिसिआर टेष्टमा भने ती युवकमा संक्रमण नभएको पाइएको थियो। तर, बिहीबार टेकुमा भएको पिसिआर टेष्टमा भने उनमा कोरोनाको संक्रमण भएको पुष्टि भएको हो।

ति कोशोरसँगै अब वीरगञ्जको नारायणी अस्पतालमा पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-04-24 12:26:17

प्रतिकृया दिनुहोस्