ओलिभर जिरउडले क्लबसँगको सम्झौता बढाउने

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस क्लब चेल्सीका स्ट्राइकर ओलिभर जिरउडले क्लबसँगको सम्झौता बढाउने तयारी गरेका छन् ।

३३ वर्षका फ्रान्सेली खेलाडी जिरउडले चेल्सीसँग सन् २०२१ सम्म क्लबमै गरि सम्झौता गर्न लागेका हुन्।

गएको जनवरीमै क्लब छोड्ने जस्ता कुरा आएका थिए । उनको सम्झौताको मात्रै ६ महिना बाँकी थियो । तर अब उनी अर्को वर्षसम्म चेल्सीमै रहने भएका हुन् ।

जिरउड सन् २०१८ को जनवरीमा आर्सनलबाट चेल्सी आएका थिए ।

उनी इन्टर मिलान जाने चर्चा चलेको थियो । तर जनवरीमा अर्का स्ट्राइकर ट्यामी अब्राहम चोटग्रस्त भएपछि जिरउडले मैदानमा आफ्नो प्रभाव देखाउन पाए । 

उनले लिगका चार खेलमा दुई गोल गरे ।

प्रकाशित मिति: : 2020-04-26 06:18:53

प्रतिकृया दिनुहोस्