आईजीपी खनाल, सांसद्वय बस्नेत र श्रेष्ठविरुद्ध अपहरणको उजुरी दिन पूर्वप्रधानमन्त्री भट्टराईसहित समाजवादी नेताहरू टेकुमा

बिएल संवाददाता

काठमाडाै‌ं

जनता समाजवादी पार्टी नेपालका सांसद् सुरेन्द्र यादवलाई अपहरण गरेकाे भन्दै शीर्ष नेताहरु उजुरी दिन प्रहरी कार्यालय पुगेका छन्।

उनीहरु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर, काठमाडौं टेकुमा पुगेका हुन्।

केही घण्टा अगाडि मात्रै ‘अपहरण प्रकरण’ मा संलग्नमाथि कारबाही गराउन डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरु कानुनी व्यवसायीसँग परामर्श लिन पुगेका थिए।

अपहरणकाे आराेप लागेका तिनै जनाले आफूहरुसँग पूर्वमन्त्री समेत रहेका सांसद् सुरेन्द्र यादवसँगै आएको दाबी गर्दै आएका छन्। समाजवादी पार्टीकै केही सांसद्हरुले सुरेन्द्र यादवले मन्त्री बन्न नपाउने भएपछि अपहरणको झुठो आरोप लगाएर हिरो बन्न खोजेको आरोप लगाइरहेका छन्। 

तर भट्टराईले सांसद् यालवकाे अपहरण भएकाे दाबी गर्दै आएका छन्। उनले याे प्रकरणलाई सार्थक निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्। उनले घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग समेत गरेका छन्। 

प्रकाशित मिति: : 2020-04-26 15:32:21

प्रतिकृया दिनुहोस्